लमहीमा कच्ची घर भत्किदा क्षति

शिवु खनाल १७ श्रावण २०७८, आईतवार उज्यालो फोकस

दाङ । दाङको लमहीमा गएराति टिनले छाएको कच्ची घर भत्किएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलही निवासी सानू चाैधरीकाे टिनले छाएकाे कच्ची घर एक्कासी भत्किएको हाे । चार काेठे कच्ची घर भत्किदा घरमा रहेको सम्पूर्ण सामान ईट्टा र टिनकाे छाप्रोले च्याप्पिएकाे छ । घरमा रहेको खाद्यान्न, लुगालत्ता, भाडाकुडा, सुत्ने पलंग, लगायत सबै चयाप्पिएकाे सानू चाैधरीले बताए ।

घर भत्किएपछि रातभर जागराम बसि रात विताउन बाध्य भएको पिडित निमा चाैधरीले बताए । बेलुका पाँच जनाकाे परिवार खाना खाएर राम्रोसँग सुतेका थियो । राति दुई बजे तिर एक्कासी घर भत्किएपछि ९ वर्षिय छाेरा मिलन चाैधरीलाई ईट्टाले च्यापेकाे थियो ।

छाेराकाे मुख, हात र टाउकोमा सामान्य चाेक लागेको छ ।भत्किएको घरले छेवैमा रहेको छिमेकी शिवु चाैधरीकाे भान्सा समेत भत्किएको छ । भान्सामा रहेको सबै सामानमा क्षति भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार