दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नुपर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गरेका छन् ।
मंगलवार प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले निरिक्षण गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय अस्थायी राजधानी बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा छिट्टै सार्नुपर्ने निर्देशन भएकोले भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गर्न आएको बताए ।
राप्ती प्राविधिक शिक्षालय भित्र ग्रामिण तथा शहरी विकास मन्त्राणलय आइसकेको छ । अब अन्य मन्त्रालयहरु क्रमवद्ध रुपमा ल्याउने तयारी भइरहेको छ, दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने, ‘राप्ती प्रभाविधिक शिक्षालयले अलिकति असहज मानेको जस्तो देखिन्छ, उहाँहरुलाई सहजिकरण गर्ने तयारी भइरहेको छ । यो महिनाभित्र थप अन्य मन्त्रालयहरु बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा ल्याउने तयारी तिब्र रुपमा भइरहेको छ ।’
‘दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोख्रेलले यो वर्षभित्र सबै मन्त्रालयहरु बुटवलबाट राप्ती प्राविधिक शिक्षालयमा ल्याइसक्नुपर्ने गरी तयारी गर्न निर्देशन दिएको जानकारी पनि गराए ।


मुख्यमन्त्री पोख्रेलको निर्देशनअनुसार भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गर्दै अस्थायी राजधानी बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा छिट्टै सार्ने तयारी भइरहेको छ । प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरूपमा कामकाज शुरु गरेको छ । यस्तै दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन ।
उनले देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा– सिसहनीयाँ जोड्ने पक्की पुलमा पुगेर स्थलगत निरिक्षण एवम् अनुगमन गरेका छन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।
त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा– सिसहनीयाँ जोड्ने राप्ती नदिको पक्की पुलको एप्रोचमा क्षति पुगेको थियो । क्षति भएकै दिन प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले मर्मतका लागि नेपालगंज पुल बिभागलाई अनुरोध गरेका थिए । अहिले उक्त क्षति भएको पुलको मर्मत कार्य तिब्र रुपमा भैरहेको छ । निरिक्षण तथा अनुगमनमा ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।






