परेवाविरुद्ध मुद्दा दर्ता

उज्यालो प्रतिनिधि १० बैशाख २०७८, शुक्रबार रोचक बिचित्र

एजेन्सी । छिमेकी मुलुक भारतको पञ्जाबमा एउटा अनौठो घटना भएको छ । पञ्जाबमा एउटा संदिग्ध परेवालाई पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरेको छ ।

भारतको अन्तराष्ट्रिय सीमा रेखामा शंकास्पद अवस्थामा उक्त परेवा फेला परेको थियो । पञ्जाबको रोरनवाला सीमा सुरक्षा पोष्टमा ड्युटीमा रहेका एक सुरक्षाकर्मीको नजिक आएर सो परेवा उनको काँधमै बस्न पुग्यो । काँधमा बसेको उक्त परेवाको खुट्टामा एउटा कागजको टुक्रा बाँधिएको ती सुरक्षाकर्मीले देखे ।

सो परेवा शंकास्पद लागेपछि उनले तत्कालै त्यसलाई नियन्त्रणमा लिए । परेवा पक्राउ गरेपछि उनले त्यसको सूचना सीमा चौकीका कमान्डरलाई गराए । त्यसपछि सो परेवाका विषयमा अनुसन्धान सुरु भयो ।

परेवाको खुट्टामा बाँधिएको कागज खोलेर हेर्दा त्यसमा एउटा संदिग्ध नम्बर लेखिएको पाइयो । उक्त नम्बर के थियो र किन त्यसलाई परेवाको खुट्टामा बाँधेर पठाइएको थियो ? भन्ने अहिलेसम्म पत्ता लागेको छैन । उक्त परेवा विरुद्ध अमृतसरको कहागढ पुलिस चौकीमा मुद्दा दर्ता गरिएको छ ।

गत अप्रिल १७ को बेलुकी परेवा पक्राउ परेको हो । शंकास्पद परेवा भेटिएको स्थानबाट केवल ५ सय मिटर दूरीमै पाकिस्तानी सीमा चौकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्मरण रहोस् यसअघि गत वर्ष जम्मू कश्मीरको कठुआमा जासूसीका लागि पाकिस्तानबाट पठाइएको दाबी गर्दै एउटा परेवालाई भारतीय सुरक्षाकर्मीले पक्रेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार