घूस माग्दा भैंसी लिएर सरकारी कार्यालयमा

उज्यालो प्रतिनिधि ७ बैशाख २०७८, मंगलवार रोचक बिचित्र

भारतको मध्य प्रदेशस्थित सीधी जिल्लाको तहसीलदार कार्यालयमा मंगलवार एक महिला भैंसी लिएर गइन्।

महिलाले आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी थिइन् अनि त्यहाँका कर्मचारीहरूले उनीसँग घूस मागे। घूस दिने पैसा नभएकाले आफूसँग भएको भैंसी लिन उनले अधिकारीहरूलाई आग्रह गरिन्।

अधिकारीहरूले भैंसी फर्काए अनि घूस मागेको आरोप पनि खारेज गरिदिए। गत नोभेम्बर १४ मै नाम बदलिसकेको र महिलाले भैंसी लिएर आउनु षड्यन्त्रको एक अंग भएको उनीहरूले बताए। भैंसी लिएर जाने महिला रामकली पटेल चाहिँ आफूसँग घूस मागिएको बताउँछिन्।

रामकलीले भनिन्, ‘मैले पैतृक सम्पत्तिमा नाम बदल्नका लागि निवेदन दिएकी थिएँ। मसँग अधिकारीहरूले १० हजार भारु मागियो । मैले पैसा दिएँ तर मेरो काम अहिलेसम्म पनि भएको छैन । मसँग फेरि पैसा मागिएको छ। पैसा नभएकाले म भैंसी लिएर आएकी हुँ ।’

तहसीलदार माइकल टिर्कीले रामकली घूस लिन भैंसी लिएर आएको बताइन् । त्यसमा कारवाही चलिरहेको उनले बताए ।-एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार