काठमाडौं । यतिबेला वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाउँछु भन्दै ठगि गर्नेको गिरोह सक्रिय छन् । मानव तस्करलाई निर्मुल बनाउन सम्बन्धित पक्षले बलियो कदम नचाल्दा मानव तस्करमा संलग्नहरु पनि खुलेआम रुपमा हिडिरहेका छन् ।
यसैबीच केही वर्ष अगाडि एसटिएल ट्रेडिङ नाम गरेको मेनपावर सञ्चालकहरु दोलखाका इश्वर राज काफ्ले, सुर्खेतका करण भनिने कृष्ण मगर र धादिङका केशव खनालले दर्जनौं युवाहरूलाई पोल्यान्डमा वैदेशिक रोजगारीको लागि पठाउँछु भन्द करोडौँ रकम उठाएर फरार भएको पाइएको छ ।
सन् २०१९ सेप्टेम्बर ४ का दिन रामेछापका पीडित रमा विक (नाम परिवर्तन) गरेका युवतीको झन्डै ७ लाख ५० हजार रुपैयाँ लिएर एसटिल टोलीका ट्रेडिङ मेनपावरका सञ्चालकहरू फरार भएको पाइएको हो ।
पीडित विक रोजगारीको शिलशिलामा टर्कीमा थिए । त्यहाँबाट पोल्यान्ड एप्लाइ गर्न टर्कीको भिषा सकेको कारण नमिलेपछि नेपाल आएर एसटिएल मेनपावरमा कार्यरत कृष्ण मगरको माध्यमबाट विक र उनका ताप्लेजुङ घर भएका साथी रचना लिम्बू (नाम परिवर्तन) ले एप्लाइ गरेका थिए ।
पीडक पक्षका मगर,खनाल र काफ्लेले पोल्यान्डको भिषा झर्यो भनि स्ट्याम्ब देखाए पछि विश्वासमा विकले ७ लाख पचास हजार र लिम्बूले ८ लाख पचास हजार दिएको थियो ।
आफूहरुले आफ्नो पैसा दलालहरुले खाएको कुरा घरमा समेत भन्न नसकेर नाम घोप्य राख्नु परेको पीडित विकले उज्यालो नेटवर्कको कार्यलय आइ रुँदै बताइन् । आफुहरुले उनीहरुलाई पैसा दिँदै गरेको विभिन्न भिडियो, र म्यासेन्जरमा कुरा गरेको प्रमाणहरु प्रहरीलाई देखाउँदा पनि चासो नदिएको उनीहरुको आरोप छ ।
उनीहरुसँगै सोलुखुम्बुका नविन थापा मगरलेले ५ लाख, काठमाडौंका सञ्जय अछामीले ३ लाख, हेटौंडाका मनिष लामाको एक लाख लगायत अरु दर्जनौं युवाहरू संग करोड भन्दा माथि रकम लिएर मगर,खनाल र काफ्ले फरार भएका छन् ।
यतिबेला आफुहरुले कतै न्याय नपाए पछि मिडियाको सहारा लिनुपर्ने बाध्यता आइपरेको बताए । हामीले उक्त दलाल भनिने मगर, खनाल र काफ्ले संग टेलिफोन सम्पर्क गर्न खोज्दा तिनै जनाको नम्बर अफ छ ।






