जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने
जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए। जिल्लाभर एक सय छ मतदान केन्द्र र ८३ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा थप पढ्नुहोस् ...












