निवर्तमान आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई श्यया हस्तान्तरण
काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई उपलब्ध गराइएको २५ श्यया आज हस्तान्तरण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न नेकपा (एमाले) का नेता आलेको पहलमा उपलब्ध गराइएका ती श्यया जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । स्व. मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालिले निर्वतमान मन्त्री आलेको आग्रहमा ती श्ययाहरु उपलब्ध गराएको थियो । उक्त संस्थाले उपलब्ध गराएका श्ययाहरु कम्तिमा पनि रु ७ लाख ५० हजारका रहेका छन् । उक्त श्ययाहरु संस्थाका अध्यक्ष पिपी खेतानले निवर्तमान मन्त्री आलेलाई हस्तान्तरण गरेको थियो । थप पढ्नुहोस् ...













