थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जना संक्रमितको मृत्यु भएको छ भने २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गरिएको थियो । हाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयले जनाएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...








