काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली अविश्वासको प्रस्तावको सामना गर्न तयार भएका छन् । शनिबारको आफू समुहको संसदीय दलको बैठकमा उनले विधि अनुसार आउने अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ ।
भट्टराईका अनुसार पनि प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव सामना गर्न तयार छन् ।






