खड्गप्रसाद ओली अब निर्दलीय प्रधानमन्त्री !

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७७, मंगलवार उज्यालो फोकस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद निरुपणमा निर्वाचन आयोग रमिता बनिरहँदा विभिन्न प्रश्नहरु उठ्न थालेको छ ।

विवाद निरुपण हुन नसक्दा नेकपा ओली समुहका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओली निर्दलीय प्रधानमन्त्री भएका प्रसंग समेत उठेको छ ।

नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले ओली निर्दलीय प्रधानमन्त्री भएको बताएका हुन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सोमबार उनले भनेका छन्, ‘दल खड्गप्रसादको होइन, निर्दलीय प्रधानमन्त्री हो, हामीले पार्टीबाट निकालिसकेका छौँ ।’

अध्यक्ष नेपालले ओली नेकपाबाट निर्वाचित प्रधानमन्त्री नभएको समेत स्पष्ट पारेका छन् । त्यसैगरी ओलीले सबै हिसाबले राजीनामा दिइसक्नुपर्नेमा ढिलाई भएको उनको दावी छ ।

यसअघि प्रचण्ड–नेपाल समुहले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार