अमेरिकामा कोरोना खोप लगाउने तयारी, खोपको मुल्य कती पर्छ ?

काठमाडौँ । कोरोना महामारी बीच अमेरिकाबाट कोरोना खोप बारे खुशीको खबर आएको छ। खोप कार्यक्रम अमेरिकामा चाँडै सुरु हुन सक्छ। ह्वाइट हाउसले सूचित गरिसक्यो कि कोरोनाभाइरस विरुद्धको खोप ११ वा १२ डिसेम्बरदेखि लगाउन सुरु हुन सक्छ।

शुक्रबार अमेरिकी औषधि कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोनोटेकल खोपको लागि आपतकालीन अनुमति लिन युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) लाई आवेदन दिए। एफडीए खोप परामर्श समितिको बैठक १० डिसेम्बरमा हुने छ। यसमा निर्णय हुन सक्छ।

अमेरिकामा कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लाउले भने कि हामीले अनुमोदन भएको २४ घण्टा भित्र खोप केन्द्रहरूमा खोपहरू ल्याउने योजना बनाएका छौं, त्यसैले मलाई लाग्छ यो अनुमोदन भएको दुई दिन पछि डिसेम्बर ११ वा १२ सम्म खोप कार्यक्रम सुरु हुनेछ।

यो खोप अमेरिकी कम्पनी फाइजर र बायोनोटेकले विकास गरेको हो। यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । रिपोर्टका अनुसार फाइजरले अमेरिकामा यस औषधिको एक डोजको मूल्य २० अमेरिकी डलर बताएको छ।

अमेरिका कोरोनाबाट नराम्ररी प्रभावित छ । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २० लाख नाघेको छ, जबकि भाइरसले हालसम्म २ लाख ६२ हजार भन्दा बढीको मृत्‍यु भैसकेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार