नेकपाका पाँच हाइकमाण्ड सदस्यको एउटै बोली, ‘लिखित प्रस्ताव हाम्रो साझा हो’

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार उज्यालो फोकस

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे पेश गरिएको राजनीतिक प्रतिवेदनले अहिले खैलाबैला मच्चिरहेको छ ।

ओलीनिकट केही नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन् ।

तर, कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदन आफूहरुको साझा भएको प्रष्टिकरण दिएका छन् ।

सचिवालय बैठककै क्रममा आफूहरुको समेत प्रतिनिधित्व गरी अध्यक्ष कमरेडबाट राजनीतिक प्रतिवेदन पेश भएको र सो माथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने भनाई उपाध्यक्ष वामदेव गौतमले राखेका थिए ।

त्यस्तै नेता माधवकुमार नेपालले पनि सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् । ओली निकट नेताहरुसँग पनि पाँच नेताले सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार