बलिउड अभिनेता इरफान खानको स्वास्थ्य स्थिती बिग्रियो, आइसीयूमा भर्ना

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार उज्यालो फोकस

एजेन्सी । बलिउड अभिनेता इरफान खानको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य किन बिग्रियो र उनलाई कस्तो समस्या भएको छ, आइसीयूमा भर्ना किन गरिएको छ भन्ने कुराको हाल केही जानकारी छैन ।

अस्पताल स्रोतले पनि उनको स्वास्थ्य स्थिती बिग्रिएको र आइसीयूमा भर्ना भएको भन्ने मात्रै जानकारी दिए । यसबाहेक थप जानकारी दिन अस्विकार गरे ।

इराफनको परिवारमध्ये कसैले पनि आधिकारिक रुपमा थप जानकारी प्रदान गर्न अस्विकार गरेका छन् ।

इरफान खानका प्रवक्ताले एक बयान जारी गर्दै भने, ‘यो साँचो हो कि इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना छन् । उनलाई कोलन इन्फेक्सन भएको छ । हामी तपाईंहरु सबैलाई उनीबारे जानकारी दिइरहनेछौं । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई हालसम्म यो रोगसँग लड्न सहयोग गरिरहेको छ । हामी पनि पूर्ण आश्वस्त छौं कि उनको अपार इच्छा शक्ति र सबै शुभचिन्तकको शुभेच्छाले उनी चाँडै नै ठिक हुनेछन् ।’

एक नजिकको स्रोतले आफ्नो नाम नबताउने शर्तमा उनको स्थिती धेरै नै बिग्रिएको तसर्थ आइसीयूमा राखिएको बताए ।

इरफानको रोगः

गत वर्ष (२०१९) मा इरफान खान लण्डनबाट उपचार गराएर फर्किएका थिए र फर्किएपछि उनी कोकिलाबेन अस्पतालको डाक्टरको रेखदेखमा उपचार र रुटिन चेकअप गराइरहेका थिए ।

फिल्म ‘अंग्रेजी मिडियम’ का बेला पनि उनको स्वास्थ्य बिग्रने गरेको बताइन्छ ।

यस्तोमा युनिटले थुप्रै पटक आफ्नो सुटिङ रोक्नुसमेत गर्दथ्यो । जब इरफान राम्रो महसुस गर्दथे तब मात्रै सट पुनः लिइन्थ्यो । हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको छ ।

लकडाउनका कारण इरफान आफ्नो आमाको अन्तिम संस्कारमा पनि सरिक हुन पाएका थिएनन् । उनले भिडियो कलमार्फत् आमाको अन्तिम संस्कार हेरेर बताइन्छ ।

५४ वर्षका इरफान न्यूराएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो रोगको उपचार गराएर हालै मुम्बई फर्किएका छन् ।

दुई वर्ष अघि मार्च २०१८ मा इरफानलाई आफ्नो रोगबारे थाहा भएको थियो । इरफानले आफ्ना शुभचिन्तकलाई आफैंले यसबारे जानकारी दिएका थिए ।

स्रोतः बीबीसी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार