कोरोना राहत कोषमा सहकारीहरुको २ लाख ५६ हजार सहयोग

उज्यालो प्रतिनिधि ४ बैशाख २०७७, बिहीबार अर्थ

भक्तपुर । चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिकाभित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख रुपैयाँ, छिन्नमस्ता महिला साकोसले ३० हजार, नालाछाप प्रगतिशिल महिला साकोसले २१ हजार, सहयात्री साकोस र अष्टज साकोसले २०—२० हजार, सुरक्षा साकोस, क्षेत्रपाल गणेश कृषि सहकारी संस्था र दीपज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि.ले १०—१० हजार सहयोग प्रदान गरेको नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । यसैगरी बृहत साकोस, सहारा साकोस, पर्वत साकोस, नौलो साकोस, सौडोल कृषि सहकारी, गोदावरी कृषि सहकारी र कामद कृषि सहकारीले ५—५ हजार रुपैयाँ सहयोग गरेको मिश्रले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रभित्रका सहकारी सम्मिलित सहकारीहरुको संञ्जाल चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालको समन्वयमा रकम संकलन गरिएको सञ्जालका अध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो । सञ्जालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बिरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग प्रदान गरिएको सञ्जालका सचिव प्रल्हाद बास्तोलाले बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार