राजाहरुको जस्तै जीवनशैली : करोडौको गाडि र बंगलाका मालिक ‘मिस्टर बिन’

काठमाडौं । कलाकार रोवन एटकिन्सन जसलाई मानिसहरूले मिस्टर बिनको नामले चिन्छन् । ९० को दशकमा प्रत्येक बच्चा ‘मिस्टर बिन’ का फ्यान थिए । ५ बर्षसम्म चलेको उक्त कार्यक्रम र मिस्टर बिनको प्रत्येक घरघरमा चर्चा हुन्थ्यो ।

मिस्टर बिनका अतिरिक्त, रोवन टिभी कार्यक्रमहरूमा ‘ब्ल्याकडडर’, ‘नाइन ओ क्लक न्यूज’, ‘द सीक्रेट पुलिसमेन बलस्’ र ‘थिन ब्लू लाइन’ का टिभी शोमा काम गरिसकेका छन्। रोवन एटकिन्सनको अभिनयबाट सबै जना प्रभावित भएका छन्। ब्याटम्यान अभिनेता क्रिश्चियन बालेले उनीबाट प्रेरित भएर अभिनय गर्न शुरू गरेका थिए ।

क्रिश्चियनले रोवनबाट कम उमेरमा नै अभिनयको कला सिकेका थिए। डरहममा जन्मिएका रोवनले क्वीन्स कलेज, अक्सफोर्डबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् ।

रोवन एटकिन्सनको जीवनशैली राजाहरुको जस्तै छ। ‘मिस्टर बिन’ यानी एटकिन्सनसँग १३ हजार करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । रोवन एटकिन्सन ब्रिटेनको सबैभन्दा धनीको सूचीमा पर्छन्। उनको स्टारडम हलिउडका ठूला कलाकारहरूको भन्दा पनि बढी छ। ‘मिस्टर बिन’ को लन्डनमा एक आलिशान महल छ। जसको मुल्य करोडैमा छ ।

बेलायती महारानीले अभिनयका लागि रोवनलाई २०१३ मा ‘कमाण्डर अफ द मोस्ट एक्सेलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर’ को उपाधिबाट पुरस्कृत गरेकी थिइन् ।

‘मिस्टर बिन’ महँगो गाडीका सौखिन छन् । उनीसँग विश्वको सबैभन्दा महँगो कार म्याक्लेरन एफ १ पनि छ। १९९०को शुरुवातमा म्याकलरेन एफ १ को मूल्य ५ लाख ४० हजार यूरो थियो। आज यस कारलाई खोज्न वा खरीद गर्न चाहे ८० देखि १०० करोड खर्च गर्नुपर्नेछ।

‘मिस्टर बिन’ (शो) १४ एपिसोड पछि समाप्त भयो, तर रोवन एटकिन्सन स्मृतिमा रहे। समय परिवर्तन भयो र नयाँ पात्रहरू पनि आए, तर कसैले पनि ‘मिस्टर बिन’ को जस्तो देखाउन सकेन र अहिले पनि। पछिल्लो समय ‘मिस्टर बिन’ को मृत्युको अफवाहहरू फेलिएका थिए। ‘मिस्टर बिन’ रवान एटकिन्सन र रिचर्ड कर्टिसद्वारा निर्माण गरेको एक ब्रिटिश सिटकाम थिए जसले मानिसले धेरै मन पराउथे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार