घर–आँगनमै सामाजिक भत्ता बाँड्दै खानीखोला सरकार, वृद्धवृद्धा खुसी

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई नागरिकमैत्री बनाउँदै घर–आँगनमै सेवा पुर्‍याउने अभियानलाई तीव्र बनाएको छ। यसअघि भत्ता बुझ्न गाउँपालिकाको केन्द्र ताल्ढुंगासम्म पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले भने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ नेतृत्वको सरकारले सेवाग्राहीकै घरदैलोमा पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय नागरिक हर्षित बनेका छन् ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वडा–वडामा पुगेर वितरण भइरहेको छ। ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता तथा अन्य लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल एसबिआई बैंकसँगको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो।

पहिले भत्ता बुझ्नका लागि वृद्धवृद्धा नागरिकले ५ देखि ६ घण्टासम्म पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र जानुपर्ने र विभिन्न झन्झट खेप्नुपर्ने अवस्था थियो। कतिपयले त भत्ता बुझ्नकै लागि आफन्तको सहारा लिनुपर्ने अवस्था भोगेका थिए। तर अहिले गाउँ सरकार स्वयं नागरिकको घर–आँगनमा पुग्न थालेपछि त्यो दुःख हट्दै गएको खानीखोला गाउँपालिका वडा नं. २ का बिर बहादुर गोले बताउँछन् ।

अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ नेतृत्वको गाउँ सरकारले “सेवा लिन होइन, सेवा दिन जनता कहाँ पुग्ने” अवधारणालाई व्यवहारमै उतारेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्। गाउँपालिकाका सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।

यस अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्यालको प्रशासनिक व्यवस्थापनलाई पनि महत्त्वपूर्ण मानिएको छ। वडा कार्यालय, कर्मचारी, बैंक तथा सुरक्षा निकायबीच समन्वय मिलाएर वितरण प्रक्रिया सहज र पारदर्शी बनाउन प्रशासन सक्रिय रहेको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहको सेवा नागरिककै घरदैलोमा पुर्‍याउने यो अभ्यास खानीखोलामा जनप्रतिनिधि र प्रशासनबीचको सहकार्यको उदाहरण बनेको देखिन्छ। खानीखोला सरकारको यो कार्यको अहिले चौतर्फी प्रशंसा समेत भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार