समाजवादी क्रान्तिका लागि खेम थपलियाको नेतृत्वमा अर्को मोर्चा गठन

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०८२, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । समाजवादी क्रान्तिका लागि लेखक तथा साहित्यकार खेम थपलियाको अध्यक्षतामा अर्को मोर्चा(The Next Front)को गठन भएको छ । १८ औं गणतन्त्र दिवसाको अवसर पारेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी समाजवादी क्रान्तिलाई सफल गर्ने उद्देश्यले वैचारिक–राजनीतिक–सांस्कृतिक फोरम गठन गरिएको उल्लेख गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्टहरुको व्यक्तिगत तथा गुटगत स्वार्थका कराण जनयुद्धद्वारा पराजित संसदीय व्यवस्था पुनस्र्थापित हुन पुगेको गम्भीर समिक्षसहित समाजवादी क्रान्तिलाई पूर्णता दिन मोर्चाको गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर्विरोध, पार्टी सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, आन्तरिक संस्था–व्यक्तिको अटुट खेदाइ, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गरिदिने चरित्रले नेपाली कम्युनिस्ट थप संकटमा अएको उल्लेख छ ।

“आफू समाजवादी मुटु हालेर बाँच्ने अनि गतिशील समाजवादी मुनालाई निमोठ्ने मरणासन्न तथा पतनशील पुँजीवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष अपरिहार्य बनेको छ । पूर्वी–क्षितिजमा उदाउँदै गरेको समाजवादी चम्किलो जूनलाई धर्तीमा उभ्याउन एउटा वैचारिक, राजनीतिक र सांस्कृतिक पहल हुनुपर्दछ भन्ने युगीन चेतनासहित हामी ‘अर्को मोर्चा’ को संस्थागत प्रारूपीकरणमा जुटेका हौँ ।” विज्ञप्तिमा उल्लेख छ ।

“नयाँ ढङ्गको वैचारिक, राजनीतिक तथा सांस्कृतिक फोरमको आवश्यकता टड्कारो देखिएकोले उत्पीडित तथा श्रमजीवी जनसमुदाय, राजनीतिकर्मी तथा सामाजिक अभियन्ता, किसान–मजदुर तथा युवा–विद्यार्थी, बौद्धिक तथा प्राज्ञिक प्रवुद्ध वर्ग, संस्कृतिकर्मी तथा सौन्दर्यचिन्तकहरूको केन्द्रीकरण र उद्दात्तीकरणको लागि ‘अर्को मोर्चा (The Next Front)’ नामक वैचारिक–राजनीतिक–सांस्कृतिक फोरमको गठन गरिएको छ ।” विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार