नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।
मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभएको छ, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् ।
यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँदिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्यरूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उनले पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री हुनुहुन्थ्यो ।
उनले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गर्नुभयो र अन्य अधिकारीहरूसँग नयाँदिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरे । हिन्दू राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिनुभएको थियो । उहाँलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गरेका थिए ।
अप्रिलमा सम्भावित आम निर्वाचनमा तेस्रो कार्यकालका लागि प्रयासरत लोकप्रिय नेता मोदीको नेतृत्वमा भारतमा हिन्दू राष्ट्रवादी भावना बढेको छ ।
भारतले आफ्नो नियन्त्रणमा रहेको कास्मिरको भागमा आफ्नो पकड राख्ने प्रयासमा विवादपछि सन् २०१९ मा खानको प्रधानमन्त्रीत्व कालमा दुवै मुलुकले आफ्ना कूटनीतिक सम्बन्धलाई घटाएका थिए । हिमाली क्षेत्र कास्मिर दुवै मुलुकबीच विभाजित छ र दुवैले यसमाथि दावी गर्छन् ।
Facebook Comments Box






