कलकत्ता (एएनआई) । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् ।
“अहिलेसम्म पाँच जनाको शव निकालिएको छ,” अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए ।
दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु धेरै जनाको मृत्यु भएको र घाइते भएको आशङ्का गरिएको छ ।
घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।
Facebook Comments Box






