फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभमा

उज्यालो प्रतिनिधि २ असार २०७९, बिहीबार विश्व

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ आइपुगेका छन्।

नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ। शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो।
म्याक्रोनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने र “नरसंहार भएको युद्धस्थलमा जाने” बताएका छन्।

त्यस्तै फ्रान्सेली नेताले कीभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई “युद्ध अपराध” भनेका छन्। “यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो,” म्याक्रोनले ट्रेनबाट ओर्लँदै भने। उनले भने- वर्तमान र भविष्य दुबैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको तर त्यो विषय धेरै गाह्रो हुनेछ । युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो। तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट कीभका लागि विशेष ट्रेनमा यात्रा गरेका थिए।

जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण-पूर्वी शहर रजेस्जोमा “रातमा” भेटेको बताएको छ जहाँ अन्तरराष्ट्रिय विमानस्थल छ।
फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए।
रोमानियाका नेता क्लाउस इओहानिस बिहीबारपछि कीभमा आफ्ना फ्रान्सेली, जर्मन र इटालियन समकक्षीहरूसँग सामेल हुन लागेका छन्।
अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा कीभको भ्रमण गरेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार