रबिन्द्र यादव । नागरिकता बिहिन नागरिक संघर्ष समिति नवलपरासी पश्चिमका संयोजक काशिम अन्सारीले जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष , पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीलाई संसदबाट नागरिकता बिधेयक पास गराउने पहल गरिदिन भनी ज्ञापनपत्र बुझाएका छन् । जनता प्रगतिशील पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक त्रिपाठी गृह जिल्ला नवलपरासी पुगेका त्रिपाठीको जनसभा कार्यक्रममा संघर्ष समितिले त्रिपाठीलाई ज्ञापनपत्र बुझाएका हो ।
नागरिकता बिहिन संघर्ष समितिले आफुहरुलाई परेको समस्या ज्ञापनपत्रमा उल्लेख गर्दै नागरिकता नभएर उच्च शिक्षा हासिल गर्न , पढेर पनि सरकारी तथा गैरसरकारीमा जागिर पाउन , बैदेशीक रोजगारीमा जान नसकेको , बैकमा खाता खोल्न नसकेको , समान्य आफनो नामबाट सीमकार्ड समेत निकाल्न नपाएको मृतक समान जीवन जिउन बाध्य भएको पत्रमा उल्लेख्य गरिएको छ । नेपालको संविधानमा नागरिकता दिन हामीलाई नरोकिए पनि समयमा कानुन बन्न नसकेर नागरिकता बहिन भएको पत्रमा समेत उल्लेख गरिएको छ ।
पत्रमा उनिहरुले नेपालको सबिधान २०७२ को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा व्यक्त गरेका छन् । स्मरण रहोस संघर्ष समिति केन्द्रले राष्ट्रियस्तरमा राष्ट्रिय मानव अधिकार आयोग र यु एन हाउसमा समस्या बारे जानकारी गराउदै संघिय सांसद सचिवालय लगायत विभिन्न संबन्धित निकाय सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाउनुको साथै धर्नाका कार्यक्रम गर्दै आएको छ ।






