जुवाको खालमा हराएको चेकको लोभमा फसेका एसएसपी सिंहमाथि कारबाहीको तयारी

काठमाडौं । पटकपटक विवादमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह पुनः विवादमा आएपछि गृह मन्त्रालयले कारबाही गर्नको लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा काठमाडौं बिजुलीबजार घर भएका राजकुमार बरालले आफ्नो जुवाको खालबाट चोरी भएको चेकको पैसा दिनलाई एसएसपी सिंहले दबाब दिएको निवेदन परेपछि त्यसै निवेदनको आधारमा पुस ९ गते कारबाही गर्न सिफारिस गरेको छ ।

असोज २२ गते आरुबारीका सुभाष भेटवाल लगायतका पीडित भनिएका राजकुमार बराल नयाँ बानेश्वरस्थित एक कार्यालयमा मदिरा पिउँदै जुवा खेलीरहेको अवस्थामा बैंक अफ काठमाडौं कमलादी शाखाको चेकको ७/८ वटा पाना हराएको थाहा पाएपछि उनले भोलीपल्ट नै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा चेक हराएको उजुरी दिएका थिए ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले चेक नभेटिएको जानकारी गराए भने महानगरीय प्रहरी परिसर टेकुले भने पीडित बराललाई बोलाए । त्यहाँ हराएको भनिएको ७ वटा चेक संगै जुवा खेलेका सुभाष भेटवालले ल्याएर आए ।

सो चेकहरुमा २ करोड २९ लाख रकम भरिएको थियो । भेटवालले ‘बरालले आफुलाई जुवा खेल्दा खाली चेक दिएको र रकम भरेको’ प्रहरीसामु बताए । डिएसपी नरेन्द्र चन्दले पीडित बरालको हस्ताक्षर लिएर पछि बोलाउँला अहिले जानू भनि पठाए । बयानको क्रममा डिएसपी चन्दले ‘ प्रहरीले तास खेलेको सीसीटीभी फुटेज, घट्नस्थल मुचुल्का लगायतका प्रमाण समेत संकलन गरेको’ बताएका थिए ।

तर पुनः दोस्रो पटक टेकुमा बोलाए आएको पीडित बराललाई एसएसपी अशोक सिंहले अश्लिल गाली गलौच र धम्की दिँदै तुरुन्त पैसा तिर्न भनेपछि उनी छाँगाबाट खसे जस्तै भएको बरालले गृह मन्त्रालयमा लेखिएको निवेदनमा उल्लेख छ ।

‘अश्लिल गालीगलौच र धम्की दिँदै पैसा तुरुन्त तिर होइन भनौ तँ व्यवसायी गर्ने मान्छे भएकाले तेरो कमीकमजोरी धेरै हुन्छन्, तँलाई कुनै केसमा फसाई दिन्छु भनि दिएको बताए । साथै उनलाई केही घन्टा हिरासतमा लिएर थुनामा समेत राखिएको बताएका छन् ।

एसएसपी सिंहलाई सरुवा भएर जाने अन्तिम दिन पुस २ गते सुभाष भेटवाललाई ७ वटा चेक फिर्ता दिएर गएको र त्यो कुरा बरालले पुस ६ गते चेक बाउन्स भएकाले थाहा भएको बताएका छन् ।

एसएसपी सिंहले छलफल समेत नगरी रमाना बुझ्ने दिन भेटवाललाई बोलाएर सुटुक्क चेक दिने कार्य गर्नुपर्नेले बदनियत प्रमाणित भएको भन्दै यस विषय विशेष अनुसन्धान टोली गठन गरि छानबिन गर्न र भेटवाललाई कारबाही गर्न भन्दै बरालले निवेदन दिएका थिए ।

हामीले यश विषयमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त सँग बुझ्दा उनले गृहको पत्र पठाएबमोजिम गल्ती भएको हो/होइन त्यसको आवश्यक अनुसन्धन अगाडि बढेको बताए ।

धादिङ जिल्लामा डिएसपी हुँदा पनि एक करणी मुद्दामा पैसा खाएर करणी मुद्दा मिलाएको आरोपमा त्यहाँका महिला अधिकारकर्मीले अवाज उठाएपछि एसएसपी सिंहलाई संगठनले कारबाही गरेको थियो । सिंहको करिअरमा यो दोश्रो कारबाही हुने भएको छ ।

विशेषगरी पैसा र पावरको लागि जस्तोसुकै रुप धारण गर्ने प्रहरी प्रमुखको रुपमा परिचित एसएसपी सिंह प्रधानमन्त्री शेर बहादुर देउवाको खास व्यक्ति भएको कारण उनले यो पटक एकल बढुवाको तयारी गरेका थिए । सिंहको एकपछि अर्को विवादित काम बाहिरिएपछि बालुवटारको नजरबाट पनि उनी अहिले ‘लिस्टआउट’ भएको बताउँछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार