संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजे : सिपि गजुरेल

उज्यालो प्रतिनिधि १९ श्रावण २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपि गजुरेलले राष्ट्रहित बिपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाएका छन ।

एमसीसी खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनाले मंगलबार काठमाडौंको माइतिघरमा आयोजना गरेको विरोध कार्यक्रममा गजुरेलले संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजेको आरोप लगाएका हुन ।

उनले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताए । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफुहरु एमसीसीको बिरोधमा रहेको उनको भनाई छ ।

उनले कोरोनाको महामारीकाबीच पनि सरकारले राष्ट्रहित बितपरित काम गर्न लागेकाले बाध्य भएर बिरोधमा उत्रनु परेको धारणा राखे ।

मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ सहितका नारा लगाएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार