काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन काठमाडौं उपत्यका नछाड्न स्थायी कमिटि सदस्यहरुलाई निर्देशन दिएका छन् ।
जुनसुकै्र बेला मन्त्रिपरिषद् विस्तारसहित अन्य महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकाले केही दिन काठमाडौं उपत्यकामै रहनका लागि अध्यक्ष प्रचण्डले निर्देश गरेको एकजना स्थायी कमिटि सदस्यले बताए ।
‘शनिबार पनि स्थायी कमिटि बैठक छ, अहिलेका परिस्थितिमा जतिबेला पनि उपलब्ध हुनुपर्ने भएकाले केही दिन काठमाडौं उपत्यकामै रहनका लागि अध्यक्ष कमरेडले निर्देश गर्नुभएको छ’ ती स्थायी कमिटि सदस्यले भने ।
उनका अनुसार माओवादी केन्द्रले सम्भव भएसम्मका सबै निर्णय पार्टी स्थायी कमिटिमा छलफल गरेर मात्रै गर्ने भएकाले स्थायी कमिटि सदस्यहरुलाई काठमाडौं उपत्यकामै रहन भनिएको हो ।
तत्कालै मन्त्रिपरिषद् विस्तारसहित अन्य केही नियुक्तिबारे निर्णयमा पुग्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौंमै रहन भनिएको हो ।






