माओवादीलाई हेप्न खोजेपछि संसदमा बाबुरामले भने, ‘कसैको धम्कीले हामी थर्किनेवाला छैनौँ’

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन र शान्ति प्रक्रियालाई धम्क्याउने वा थर्काउने विषय बनाउन नहुने बताएका छन् ।

संसदमा बोल्दै एमालेका प्रदिप ज्ञवालीले युद्ध जित्न नसकेपछि लोकतान्त्रिक प्रक्रियामा आएका भन्दै माओवादीप्रति कटाक्ष गरेपछि उनलाई प्रचण्ड र बाबुरामले जवाफ फर्काएका छन् ।

बाबुरामले माओवादी आन्दोलन नभएको भए संविधानसभाबाट संविधान नबन्ने भन्दै थपे, ‘शान्ति सम्झौता माओवादीकै मात्रै हो भन्ने जसरी सोच्नु गलत छ ।’

शान्ति प्रक्रियाका बाँकी काम पूरा नभएकोप्रति असन्तुष्ट पोख्दै उनले कतिपय पूर्वप्रधानमन्त्रीले पनि शान्ति सम्झौतालाई धम्क्याउने वा थर्काउने विषय बनाएकोमा चिन्ता प्रक्रिया प्रकट गरे । ‘म सुन्छु, कतिपय पूर्वप्रधानमन्त्रीहरुले पनि तिमीहरुको टाउकोमा कति मुद्दा छ, लगाउँछौँ भनेर धम्काएको छ रे’ उनले भने, ‘मेरो टाउकोमा पनि १ सय ५० वटाभन्दा बढी मुद्दा छ, प्रचण्डजीको टाउकोमा पनि छ, सक्छ भने मुद्दा लगाउनुस्, हामी थर्किनेवाला छैनौँ ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि देउवा सरकारलाई आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार