जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको परीक्षण सकियो

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गरिएको छ ।

आईतवार जयनगरबाट आएको भारतीय रेलले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरेको हो । भारतीय कोनकन कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भट्टराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पुजा समेत गरिएका थियो । स्पिड परिक्षण सम्वन्धि जानकारी दिदै रेल्वेका महाप्रवन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इन्जिन तथा दुइवटा मालवाहक डव्वा सहित आएको ट्रेनले स्पिड परिक्षण गरेको बताए । उनले लिकहरुको समय समयमा मर्मत तथा पुलहरुको पनि सबै काम भइसकेकोले समस्या नरहेको जानकारी दिए ।

सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरेपनि रेल्वे चल्न सकेको छैन । महाप्रवन्धक भटराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्वपुर्ण कारण रहेको बताए । तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पुर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको कारण रोकिएको उनको भनाई छ ।

जनकपुरधाम (कुर्था)–जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्रयाक एकवर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको १० महिना भएको छ । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो नलाग्दा स्थानीय निराश बन्न थालेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार