शिवु खनाल,दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले प्रत्येक शुक्रबार आफै स्वयम उपस्थित भएर जनताको सेवामा खट्ने प्रतिबद्धता जनाएका छन । शुक्रवार लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ल अधिकारीको रुपमा सेवाको शुरुवात गर्नुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले दाङको भु—बनोट लाई हेरेर सबै क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको उपस्थिती गराउने हेतु काम थालिएको बताए । उनले भने, दाङको भु—बनोट हेर्दा तीन वटा उपत्यका जस्तो मानियो तुलसीपुर, घोराही र देउखुरी यि तिनवटै क्षेत्रमा रहेर जनताको सेवामा लाग्नुपर्ने आवश्यकता देखेर प्रत्येक शुक्रबार लमहीबाट प्रमुख जिल्ला अधिकारी सहितबाट हुन सक्ने सबै सेवा दिन थालेका हौ । प्रमुख जिल्ला अधिकारीले सुरक्षा व्यवस्था, विपद व्यवस्थापन, विवाद निरुपण, तीन तहका कारकार विचको समन्वय लगायतको काम प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न पहल थाल्ने प्रतिबद्धता समेत जनाए ।
दाङमा अबैध क्रसरको समस्या उयस्तै रहेको भन्दै अबैध उत्खनन रोक्न आफ्नो क्षेत्रबाट पहल थाल्ने तर सबैको सहयोग आवश्यक रहेको तर्क उनको थियो । यस्तै घोराही तुलसीपुर चारलाइन सडक खण्डको कार्य प्रगित सन्तोष जनक नभएकोले यस्मा समेत आफ्नो पहल जारी रहने बताए । देउखुरी त्यसमा पनि राप्ती पारीको क्षेत्रमा सामान्य नागरिकले समेत सेवाको प्रत्याभुती हुने गरी सेवा दिन आफु लागि रहेको उनले बताए । नागरिकताको समस्इा उस्तै रहेको भन्दै नेपालीले नागरिकता पाउनुपर्ने भन्दै उहाँले नेपालीले नागरिकता पाउने विषय अधिकारको विषय समेत रहेको बताए ।
देउखुरीमा स्थायी राजधानी ल्याउने कार्यपनि उत्तिकै प्रथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उनको भनाइ थियो । ईलाका प्रशासन कार्यालयमा लमहीमा पत्रकार भेटघाट कार्यक्रमलाई शम्बोधन गर्दै प्रमुख जिल्ल अधिकारी कुरुम्बाङले पत्रकारलाई आवश्यक पर्ने सूचना दिन सहजै उपलव्ध गराइने समेत प्रतिबद्धता जनाए । पत्रकारले राखेका जिज्ञासा हल गर्दै उहाँले भन्नुभयो, यहाँहरलाई आवश्यक पर्ने र दिन मिल्ने सूचना पाउनुहुन्छ दिनुपर्छ उनले भने । ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा देउखुरी क्षेत्रका पत्रकारको सहभागिता रहेको थियो ।






