काठमाण्डाै । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । गच्छदार बुधबार विशेष अदालतमा हाजिर भएको अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।
बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उनीसँगै १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।






