काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट स्थित निजी निवासका लागि दलबलसहित हिंडेका छन ।
उनलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गाडी र्यालीसहित स्कटिङ्ग गरेको छ।
यस्तै अरु कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका छन्।
सर्वोच्च अदालतको आदेश अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।






