काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी र असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फेरि एकपटक रोकेको बताएका छन्।
प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परामादेश जारी गरेपछी उनले यस्तो प्रतिकृया दिएका हुन
ओली समूहलाई ‘खड्गप्रसाद ओली एण्ड कम्पनी’ को संज्ञा दिँदै भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्ध लागेका सबैलाई शुभकाना समेत व्यक्त गरेका छन्।






