नेपाल तामाङ शैक्षिक परामर्श संघद्धारा बाढी पीडितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री

मेलम्ची । नेपाल तामाङ शैक्षिक परामर्श संघको प्रमुख पहल र प्याबसन काभ्रे, तामाङ चिकित्सक समाज,म्हेन्दोला फोले तामाङ टेलिभिजन कार्यक्रम र मिस तामाङ विनर्स सोसाइटी अफ नेपाल सँगको सहकार्यमा मेलम्ची बाढी पीडितलाई नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नि:शुल्क मनोपरामर्श सेवा समेत प्रदान गरिएको थियो ।

मेलम्चि-११ मा अवस्थित प्रगती इंगलिस सेकेन्डरी स्कुलको प्राङगणमा भएको उक्त कार्यक्रममा मेलम्ची ११ मा रहेको विभिन्न विद्यालयहरुका बाढि पीडित ३२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ७ जना शिक्षिक हरुलाई नगद राहत वितरण गरिएको थियो ।

उक्त राहत वितरण मेलम्ची -११ का वडाध्यक्ष रुद्र दुलाल, स्ठानिय विद्यालयहरुका प्रध्यानाध्यापकहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरुको रोहवरमा सम्पन्न गरिएको थियो ।

नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL) को सहकार्यमा तामाङ चिकित्सक समाजद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त शिविरमा निशुल्क स्वास्थ्य जाँच, निशुल्क आइसोलेसन किट, औषधी, स्यानिटाइजर,तथा मास्क वितरण, निशुल्क एन्टीजेन किट टेस्ट र स्वास्थ्य जागरण कार्यक्रम भएको थियो ।

नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL) का अध्यक्ष तथा बरिष्ठ शैक्षिक परामर्शविद केडी मोक्तान, तामाङ चिकित्सक समाजका अध्यक्ष डा दिल कुमार थोकर,मिस तामाङ २०२१ सफलता थिङ,प्यावसन काभ्रेका बरिष्ठ उपाध्यक्ष सरोज निरौला र मेलम्ची -११ का वडाध्यक्ष रुद्र दुलाललेव आफ्नो मन्तव्य राखेका थिए ।

मन्तब्यको क्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तानले शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर बाढी पीडित मिलम्चिको अवलोकनको क्रममा सानो राहत प्याकेजको रुपमा रहेको र आगामी दिनमा मिलम्ची-११ लगायत अन्य प्रभावित वडाहरुमा पनि विशेष गरी शिक्षा र स्वास्थ्यमा राहत प्याकेजहरुको व्यवस्था गर्दै जाने र बाढी पीडितबाट अत्यन्तै प्रभावित बालबालिकाहरुका लागि संघले विभिन्न सहयोगी संस्थाहरुसँग सहकार्य गर्ने बताए ।

नेपाल तामाङ शैक्षिक परामर्श संघ (ATEC NEPAL) का अध्यक्ष केडी मोक्तान र काभ्रे प्याबसनका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेद्धारा यो अभियानमा सहकार्य गरेका ५ संस्था, नेपाल चिकित्सक समाजका डाक्टर र उपस्थित अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

१ दिने स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि मेलम्ची वडा नम्बर ११ का वडा अध्यक्ष रुद्र प्रसाद दुलाल र अन्य अतिथिहरुमा प्याबसन सिन्धुपाल्चोक का अध्यक्ष दुर्गा थापा, केन्द्रिय प्यावसन सदस्य कर्मा वाङगेल लामा, प्यावसन काभ्रेका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, मिस तामाङ २०२१ सफलता थिङ तामाङ, मिस तामाङ २०१८ सिम्रन स्याङ्बो, मिस तामाङ २०१९ फस्ट रनर अप ससविना दोङ तामाङ , मिस तामाङ २०२१ सेकेन्ड रनर अप सोनिया वाइबा, तामाङ फिल्म निर्माता तथा निर्देशक विनय दोङ तामाङ लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य शिविरमा २५० भन्दा बढी बालबालिका तथा अभिभावकहरुले स्वास्थ्य उपचार सेवा लिएको बिद्यालयका प्र.अ. ऋषिराम नेपाल ले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविर, शैक्षिक परामर्श तथा शैक्षिक सामग्री वितरण उक्त कार्यक्रम प्रगती इङगलिस सेकेन्डरी स्कुलका व्यवस्थापन समितिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार