संयुक्त विद्यार्थी संगठनद्धारा सरकारबिरुद्ध मुलुकभर प्रदर्शन

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले शनिबार पनि सरकारबिरुद्ध मुलुकभर प्रदर्शन गरेका छन् ।

शनिबार बिद्यार्थीहरुले बिभिन्न क्याम्पस अगाडी बिरोध प्रदर्शन गरेका हुन् । यसै क्रममा नेविसंघले काठमाडौंको पशुपति क्याम्पसमा प्रधानमन्त्री ओलीको पुत्दा दहन गरेका छन् । बाहिर पुतला जलाउने क्रम प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी परेको थियो । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ ।

यस्तै नेविसंघ कोटेश्वर क्याम्पसका बिद्यार्थीहरुले पनि सरकारबिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्दा दहन गरेका थिए । यसअघि शुक्रवार बसेको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार