सर्लाहीमा जिल्ला स्तरीय रंगशाला निर्माण हुने : मन्त्री सिंह

राजिव शाह, सर्लाही । युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री माननीय बिरेन्द्र सिंहले सर्लाहीमा रंगशाला निर्माण गर्ने बताएका छन । सर्लाहीको स्थित धनकौलमा रेडियोकर्मी संग कुरा गर्दै यस्तो कुरा बताएका छन ।

नेपाली काङ्ग्रेस सर्लाही क्षेत्र नं.४ (क) बाट निर्वाचित सिंहले यो बर्ष सर्लाहीको दुईवटा ठाउँमा जिल्ला स्तरीय रंगशाला निर्माण हुने बताएका छन । सर्लाहीका पत्रकार संगको परिचयात्मक भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री सिंहले प्रदेश नं.२ को जिम्मेवार मन्त्रीको रुपमा जिल्ला र क्षेत्रमा नमुना विकास गर्ने बताए । उनले युवाको खेलकुद बिकास र महिला तथा बालबालिका एवं ज्येष्ठनागरिकको समस्या समाधान प्रति प्रतिबद्ध समेत रहेको बताए । प्रदेश २ को सरकारमा नेपाली काँग्रेसकाबाट सर्लाहीका विरेन्द्र प्रसाद सिंह सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)र नेपाली काँग्रेसबीच २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते मन्त्रिमण्डल बिस्तार गरेको थियो ।सोही मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट सर्लाहीका सिंह युवा,खेलकुद तथा महिला बालबालिका मन्त्री भएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार