काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १ स्थित् देवीटार स्वास्थ्य चौकीलाई ७५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कोरिया लगायत अन्य देशहरुमा कार्यरत देवीटारका युवाहरुबाट प्राप्त सहयोग रकमबाट स्वास्थ्य सामग्री खरिद गरी स्थानीय सुनौलो देवीटार युवा क्लबले स्वास्थ्य सामग्री हस्तन्तरण गरेका हुन् ।
आइतबार आयोजित् एक कार्यक्रमका बीच क्लबका अध्यक्ष बिजय सिं लामा लगायतले अक्सिजन २ वटा, विद्युतीय पानी जार १ वटा, डपलर १ वटा, ह्विल चियर १ वटा, सिरिन्ज डिस्पोजर १ वटा, पल्स अक्सिमिटर २ वटा, डिजिटल बिपि २ सेट, डिजिटल थर्ममिटर ३ वटा, बेबी सक्सन मेसिन १ वटा, नेबिलुजर २ वटा लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा डा. दिल बहादुर थोकर, स्वास्थ्य चौकीका इन्चार्ज सुरेश घिसिङ, वडा सदस्य टिका प्रसाद घोसासाइनी लगायत उपस्थित थिए ।








