काठमाडौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो गरि जारी छ ।
निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि जनविन केहि सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि बढ्दै गएको छ ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयले खुल्ला गरेका क्षेत्रका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ । पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजिवन सहज हुनेगरि निषेधाज्ञा गर्ने तयारी सरकारको छ । काठमाडौं उपत्यकामा तयारी पोसाकजन्य व्यापार÷व्यवसायलगायत आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा बढाइने तयारी थालिएको छ ।
यस्तै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९६ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ५५० दुई पाङग्रे, ९६ ओटा चारपाङ्ग्रे, २२ ओटा ट्याक्सी र २८ ओटा ठुला सवारी साधन रहेका छन् ।






