काँग्रेसद्धारा नेता विष्टको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्व राज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको शनिबार राति निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् ।

विसं २०२० मा अछाममा जन्मिएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार समेत हुनुभएको काँग्रेसले जनाएको छ । कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पुर्याउँदै आएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति रहेका थिए ।

नेता विष्ट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । उक्त कार्यकालमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गरेका थिए । सरल र मिलनसार स्वभावका स्व.विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित रहेका थिए । उनको निधनले नेपाली काँग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार