नेता ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको नक्कली माइन्युट र नक्कली निर्णय निर्वाचन आयोगमा बुझाएको र प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै पुस ७ गतेको बैठकको निर्णय सोही बेला सार्वनजिक गरिएको र पार्टी पंक्तिमा दुवै अध्यक्षको हस्ताक्षरसहित सम्प्रेषण गरिसकिएको कुरालाई भ्रमपूर्ण नक्कली माइन्युट र नक्कली निर्णय सार्वजनिक गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव कुनै कार्यसूचिमा नरहेको र त्यस्तो निर्णय नभएको खतिवडाले स्पष्ट पारेका छन् ।

‘यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी असार १ गते झूठा विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचनमा आयोगमा पत्र दर्ता गराएका छन्,’ खतिवडाले भनेका छन्, ‘निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य हो ।’

खतिवडाले ठाकुरले गरेको किर्ते र जालसाजी कामको खेद प्रकट गर्दै कानुनी कारबाहीको पनि माग गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार