चितवनको निषेधाज्ञा असार ३ गतेसम्म लम्बियो, के खुल्छ ? के खुल्दैन ?

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७८, बुधबार उज्यालो फोकस

लक्ष्मण भट्ट, चितवन । चितवनमा असार ३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चौथो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । बैक तथा वित्तीय संस्था खुल्न दिएर जेठ २७ गते राति १२ बजेसम्मलाई थप गरेको थियो ।

भर्खरै जारी अध्यादेश अनुसार यस पटकको निषेधाज्ञालाई केहि खुकुलो पारिएको छ ।
बढिमा ३ जना सम्म कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप सञ्चालन गर्न पाईने छ । उद्योग/कलकारखानाको हकमा कर्मचारी तथा कामदारलाई कार्यस्थलमै खाने/बस्ने व्यवस्था गरी सञ्चालन गर्ने । सो संभव नभएमा उद्योगको सवारी साधनले नै घर सम्म लाने / ल्याउने व्यवस्था गर्ने तथा नेपाल सरकारले तोकेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको अनिवार्य पालना सुनिश्चितता गरेर मात्र सञ्चालन गर्न पाईनेछ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार