मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौं । मुटु रोग विशेषज्ञको रुपमा काठमाडौं कोटेश्वरमा अवस्थित् गौतमबुद्ध कार्डियाक इन्टरनेशनल हस्पिटलमा कार्यरत डा. विकास सुवेदीको निधन भएको छ ।

झण्डै २२ वर्षदेखि मुटु रोग सम्बन्धी उपचारमा संलग्न रहँदै आएका डा. विकासको सोमबार निधन भएको हो । उनलाई झण्डै दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा. विकासले पाटन अस्पतालमा कार्डियोलोजी विभागको सुरुवात गरेर केही वर्ष काम गरेका थिए । त्यसपछि भैरहवा मेडिकल कलेजमा पनि डा. विकासले कार्डियोलोजी विभागको सुरुवात गरी केही वर्ष काम गरेका थिए ।

त्यस्तै बुटवमा उनले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सुरु गरेका थिए । त्यसपछि भने भारतको चेन्नाइस्थित ग्लोबल अस्पतालमा उनले काम गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार