नुवाकोट । आइतबार जेष्ठ संघीय प्रतिनिधि एंव पुर्वमन्त्री हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख माननीय राधिका तामाङ ,वाग्मती प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष कमरेड हिरानाथ खिवडाको उपस्थितिमा त्रिशूली अस्पतालको लागि १० थान ग्यास सहितको सिलिन्डर त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जु प्रसाद न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।
नेकपा माओवादी केन्द्र नुवाकोटले जिल्ला पार्टीका नेताकार्यकर्ता तथा जनप्रतिनिधिहरुको पहलमा विभिन्न संघ संस्था र सहयोगी समाजसेवीहरुलाई आव्ह्वान गरि विभिन्न स्वास्थ्य सामाग्रीहरु संकलन गरेको गरिएको हो ।
यस भन्दा अगाडि पनि त्रिशुली अस्पातललाई १० थान ग्यास सहितको सिलिन्डर जिल्ला अध्यक्ष हिरानाथ खतिवडाको नेतृत्वमा उपलब्ध गराई सकेको छ ।
त्यसै गरि तादी गाउँपालिका खरानिटार स्थित क्षेत्रीय अस्पताललाई ग्यास सहितको ८ थान सिलिन्डर ,२५०० माक्स , १००थान N-95 , माक्स , पिपिइ लगायतका स्वास्थ्य सामाग्रीहरु हितबहादुर तामाङ , माननीय राधिका तामाङ, प्रमोदलाल श्रेष्ठ कमरेड रोशन श्रेष्ठ लगायतको उपस्थितिमा तादी गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत श्रीकृष्ण थापा र खरानिटार अस्पतालका इञ्चार्ज श्रीलक्ष्मी बोगटीलाई हस्तान्तरण गरिएको छ ।
पुर्वमन्त्री हितबहादुर तामाङले स्वास्थ्य सामाग्री संकलन तथा हस्तान्तरण कार्यक्रम कोरोना संकट समाधान नभइन्जेल सम्म पार्टी पंक्ति निरन्तर खटिरहने उज्यालो नेटवर्कलाई जानकारी दिए ।










