खनालसहित १५ नेताद्धारा उपप्रधानमन्त्री महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति

उज्यालो प्रतिनिधि २३ जेष्ठ २०७८, आईतवार उज्यालो फोकस

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको विपक्षमा उभिएको ती नेताहरूको भनाइ छ।

नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्यम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश हमालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी महतोको धारणाप्रति निन्दा व्यक्त गरेका हुन्।

संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरेर राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

महतोबाट आएको अभिव्यक्ति संविधानको धारा ३ मा उल्लिखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने व्यवस्थाविरुद्ध रहेको उनीहरूले जनाएका छन्। नागरिक दैनिकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार