उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक साता थप गर्ने तयारी

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौँ । सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान खोल्न दिने तयारी भएको छ ।

‘पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको छ । खाद्य-किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,’ प्रजिअ पराजुलीले कान्तिपुरसँग भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । ‘सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिनेबारे छलफल भइरहेको छ,’ उनले भने ।

यससम्बन्धी निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक आजै (मंगलबार) बस्ने पनि प्रजिअ पराजुलीले बताए । जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार