पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताएका हुन ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका ६०० पत्रकारलाई खोपको व्यवस्था मिलाउन र सङ्क्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा सञ्चार क्षेत्रलाई राहत प्याकेज दिन माग गरेको थियो ।
प्रतिष्ठान प्रदेशले कोरोनाबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार