उज्यालो प्रतिनिधि, रोल्पा । रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका ६ अन्तर्गत पर्ने गजुलकोट दरवार नजिकै रहेको निर्माणधिन वडा कार्यलय भवन ठेकेदार भागेपछी उक्त भवन हाल जिर्ण अवस्थामा रहेको छ ।
देशमा स्थानीय र प्रदेश सरकार बनेको पनि चार वर्ष भइसक्यो तर सुनिल स्मृति गाउँपालिका वडा नं ६ को वडा कार्यलय भवनको ब्यवस्थापन हुनसकेको छैन ।
६ नं वडाका स्थानीयबासीहरुले वडा कार्यलयको भवनको बारेमा वडा अध्यक्ष वा अन्य सरोकारवालाहरुले नै चासो नदिएको बताउँछन ।
भवन बनाउने ठेकेदार बिरेन्द्र खड्का आजसम्म सम्पर्कमा आएका छैनन् । खड्काले एक फ्लाइटको भवन त निर्माण गरे तर उक्त भवनको रङ रोपन वाइरिङ तथा झ्याल ढोका ट्वाइलेट, पानी जस्ता विभिन्न कार्यहरु अझै बाकिनै छन ।
बर्षायाममा झ्यालबाट पानी भित्र पसेर कार्यलयमा भएको विभिन्न कागजातहरु भिज्ने, पानी भित्र पस्ने जस्ता अनेकौ समस्याहरु रहेको छ ।
भवन एक फ्लाइटको छ भने ,उक्त भवन भित्र दुइकोठा रहेको छ एउटा कोठा सामुदायिक सिकाइ केन्द्र ९आशा ० भन्ने संस्थाले उपयोग गर्दै आएको छ भने अर्को कोठा वडा अध्यक्ष र सचिवले उपयोग गर्दै आइरहेका छन् ।
उक्त भवनको झ्याल ढोका समेत नभएको हुँदा वडा कार्यलयले प्लेन पाताको ढोका बनाएर काम चलाइरहेको छ।






