देउवा, प्रचण्ड र उपेन्द्र दिर्घकालिन रुपमा सहकार्य गर्न सहमत

उज्यालो प्रतिनिधि ३१ बैशाख २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौँ ।  विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालिन रुपमा सहकार्य गर्न सहमत भएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए ।

बैठकमा गठवन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको नेताहरुले जनाएका छन् ।

तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए । उनिहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठवन्धनले बहुमत जुटाउन सकेको थिएन् ।सरकारी गठवन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठवन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार