उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

उज्यालो प्रतिनिधि ३० बैशाख २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनताको जीवन रक्षामा जुट्न आग्रह गरे । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार