पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

उज्यालो प्रतिनिधि ३० बैशाख २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएका छन । एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो । बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार