निम्बस नेपाल पत्रकारहरुका लागि दश हजार थान मास्क उपलब्ध

उज्यालो प्रतिनिधि २९ बैशाख २०७८, बुधबार उज्यालो फोकस

काठमाडौँ । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ ।

बुधबार महासंघमा आयोजित एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग मारिरहेको बताए । महासंघले आउदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राखे । महासचिव रोशन पुरीले कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गरे । उनले हरेक प्रदेशमा पत्रकारका लागि आइशोलेशन बनाउने काम सुरु गरिसकेको बताए ।

निम्बसले महासंघका प्रदेश समिति मार्फत जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार