कोरोना नियन्त्रण गर्न थप १५ दिन निषेधाज्ञा गर्ने तयारीमा सरकार

उज्यालो प्रतिनिधि २६ बैशाख २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । कोरोना संक्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । त्यस्तै कारोना नियन्त्रण गर्न थप १५ दिन निषेधाज्ञा गर्ने तयारीमा सरकार छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसैबीच निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५ सय ६३ वटा सवारी साधनलाई आइतबार बिहार्न काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४ सय ३५ वटा २ पाङग्रे, १०२ वटा चारपाङग्रे र २६ वटा अन्य सवारी साधन रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार