एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताले प्राप्त गरेको एक दस्तावेजमा चीनबारे सनसनीपूर्ण खुलासा गरिएको छ । उक्त दस्तावेज अनुसार विगत ६ वर्षदेखि चीनले जैविन तथा जेनेटिक हतियार उत्पादन गर्दै तेस्रो विश्वयुद्धको तयारी गरिरहेको छ ।
चीनले जैविक हतियार उत्पादनसँगै तेस्रो विश्वयुद्धको तयारी गरिरहेको र त्यस्तो हतियारमध्ये कोरोना भाइरस पनि रहेको अमेरिकी अनुसन्धानकर्ताले दाबी गरेका छन् ।
पश्चिमाहरुले सन् २०१५ यता सार्सको सैन्य क्षमताबारे बेजिइङले विचार गरिरहेको आशंका गरेक थिए । र कोभिड-१९ सँगै नयाँ त्रास पैदा भएको थियो ।
चीनको जनमुक्ति सेनाका वैज्ञानिक र स्वास्थ्य अधिकारीहरुले ‘यसअघि कहिल्यै नदेखिएको मात्रामा’ रोगलाई हतियारमा परिणत गरिरहेको कुरा दस्तावेजमा उल्लेख गरिएको छ । त्यस्तै जैविक युद्धको क्षेत्रमा चीनले गरेको अनुसन्धान र प्रगति समेत समावेश गरिएको छ ।
साथै, चीनले बनाइरहेका जैविक हतियार प्रयोग भएपछि पीडित मानिसलाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने र यसबाट दुश्मनको स्वास्थ्य प्रणाली ध्वस्त हुने कुरा उल्लेख गरिएको छ ।
‘ह्वाट रेल्ली ह्यापेन्ड इन वुहान ?’ नामक किताबको एक लेख/दस्तावेजमा उक्त कुरा उल्लेख गरिएको डेली मेलले जनाएको छ ।
जेनेटिक जैविक हतियारको रुपमा मानवनिर्मित भाइरसको नयाँ प्रजाति शीर्षक राखिएको उक्त दस्तावेजमा भनिएको छ- ‘अन्य वैज्ञानिक क्षेत्रमा भएको विकासपछि जैविक एजेन्ट उत्पादन गर्ने कार्यमा ठूलो उपलब्धी हासिल भएको छ ।’
अमेरिकाका गुप्तचर निकायले संयोगबश वुहानको एक ल्याबबाट चुहिएर कोरोना भाइरस फैलिएको आशंका समेत गरेका छन् । तर नियतबश भाइरस चुहाइएको प्रमाण भने हालसम्म भेटिएको छैन ।






